चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था बस्ने उमेश दास रहेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरबाट प्रदेश २–०२–००४ प १३४४ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरीले खोज्दै जाँदा जनकपुरधाम-जटही सडक अन्तर्गत सिक्सलेन बाटोमा दासलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। 

दासले मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा पक्राउ परेका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.