सुतिरहेकी बालिकालाई घरमा पुर्‍याएर बलात्कार

सुतिरहेकी बालिकालाई घरमा पुर्‍याएर बलात्कार
सुन्नुहोस्

विराटनगर : मोरङमा सोमबार राति एक बालिका बलात्कृत भएकी छन्। बेलबारी नगरपालिका-३ की १२ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ। 

बालिकालाई बलात्कार गरेको आरोपमा बेलबारी-३ का २० वर्षीय नवीन महरा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर उदय शम्शेर राणा नेतृत्वको टोलीले मंगलबार बिहान ९ बजेतिर महरालाई उनकै घरबाट पक्राउ गरेको हो। 

राणा नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आफ्नै घरमा सुतिरहेकी बालिकालाई लगेर राति ११ बजेतिर महराले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

‘बालिका आफ्नै घरमा सुतिरहेकी रहिछन्। रातको समयमा प्रवेश गरी उठाएर हातमा समाउँदै महराले आफ्नो घरतिर लगेको पाइयो,’ उनले भने, ‘डर देखाएर बोल्नसमेत नदिइकन घरमा पुर्‍याएर रातभर बलात्कार गरेको खुलेको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको छ।’

प्रहरीका अनुसार महराको घरबाट आफ्नो घरतर्फ फर्कदै गर्दा स्थानीय र आफन्तले मंगलबार बिहान ५ बजेतिर बाटोमा बालिकालाई भेटेका थिए। 

सोधीखोजी गर्ने क्रममा घरमै सुतिरहेका बेला उठाएर धम्की दिँदै बोल्न एवं कराउन नदिइकन आफूलाई हातमा समाएर तान्दै लगेको र रातभर बलात्कार गरेको बताएको प्रहरीले जनाएको छ। 

रातको समयमा सुतिरहेको ओछ्यानबाट उठाउँदै जबरजस्ती लगेर बलात्कार गरेको बालिकाले बताएपछि अभिभावकले महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए। 
पीडित बालिकालाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यसअघि पनि उनीमाथि बलात्कार भएको खुलेको छ। ‘महराले यसअघि पनि बलात्कार गरेको भनेर बालिकाले भनेकी छिन्। आफू बलात्कृत भएपनि महराले गरेको ‘ब्ल्याकमेलिङ’का कारण घटना बाहिर ल्याउन नसकेको पाइयो,’ डीएसपी दाहालले भने, ‘महराको धम्कीका कारण त्रासमा परेर बालिकाले घटना लुकाएर बसेको खुलेको छ। अनुसन्धानपछि थप विषय खुल्ने छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.