चिकित्सा शिक्षा आयोगकै कारण चिकित्सा शिक्षण संस्था ध्वस्त भए : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चिकित्सा शिक्षा आयोग स्थापना भएदेखि चिकित्सा शिक्षण संस्थाहरू ध्वस्त हुँदै गएको बताएका छन्।
सरकारको निति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले चिकित्सा शिक्षा आयोग आएदेखि चिकित्सा शिक्षा क्षेत्र ध्वस्त हुँदै गएको बताए।
यादवले भने, ‘चिकित्सा शिक्षा आयोग आएदेखि चिकित्सा शिक्षण संस्थाहरू ध्वस्त हुँदै गएका छन्। एकीकृत छाता ऐन ल्याएर त्यसलाई अझ बर्बाद गर्ने माफियाकरण गर्ने कार्य हुन्छ। यसो नगरौं प्रधानमन्त्रीज्यू। शैक्षिक संस्थाहरूलाई स्वायत्तता पनि दिनुपर्छ।’
सार्वजनिक विद्यालयको प्रोत्साहन गर्न जरुरी रहेको यादवको भनाइ छ। यादवले भने, ‘गुणस्तरीय शिक्षा तबसम्म सम्भव हुँदैन जबसम्म शिक्षामा भइरहेको माफियाकरण, व्यापारीकरण र निजीकरणको अन्त्य हुँदैन। सार्वजनिक विद्यालयको प्रोत्साहन गर्न जरुरी छ।’