‘प्रहरी महानिरीक्षकलाई विवादमा तान्नु निन्दनीय’

‘प्रहरी महानिरीक्षकलाई विवादमा तान्नु निन्दनीय’
बसन्त कुँवर, प्रहरी महानिरीक्षक

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरको भूमिका शंकास्पद रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारको प्रहरीले खण्डन गरेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचार भ्रामक र नियोजित भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समाचारमा प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। तथ्य, आधार र प्रमाणबिना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा जनमानसमा भ्रम सिर्जना हुने र प्रहरी संगठनमै आँच आउने गरी प्रकाशित भएका समाचारप्रति प्रहरी प्रधान कार्यालयले पूर्ण असहमति प्रकट गर्छ। उक्त समाचारको खण्डन गर्छ।’ 

कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,’ त्यहाँ भनिएको छ।  

यसका साथै विज्ञप्तिमा नेपाल प्रहरी संविधान, कानुन र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसून् भन्नेमा सचेत र प्रतिबद्ध रहेको  बताएको छ।  ‘अपराधी जोसुकै होस्, उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाणबिना महानिरीक्षकलाई विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ।’ 

नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद् कुरा भएको विज्ञप्तिमा उल्लेख छ। null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.