किसानलाई कृषि सामग्री
शाखाबाट अनुदान कार्यक्रमअन्तर्गत मिनी ट्रिलर ६६, प्लास्टिक टनेल ५ सय ६०, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ थान वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले कृषि उत्पादन बढाउँदै व्यवसायीकरणतर्फ जानुपर्नेमा जोड दिए।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय किसानलाई आधुनिक कृषि सामग्री हस्तान्तरण गरेको छ। कृषि उत्पादन बढाउने उद्देश्य राखेर ७ सय ५५ थान सामग्री वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ।
शाखाबाट अनुदान कार्यक्रमअन्तर्गत मिनी ट्रिलर ६६, प्लास्टिक टनेल ५ सय ६०, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ थान वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले कृषि उत्पादन बढाउँदै व्यवसायीकरणतर्फ जानुपर्नेमा जोड दिए। यसअघि अनुदानमा आएका सामग्री कृषकले संरक्षण गर्न नसकेको उल्लेख गर्दै नगर प्रमुख सापकोटाले जनताको रगत पसिनाबाट उठेको करबाट कृषि औजार खरिद गरिएका हुनाले हिफाजात गर्न सुझाव दिए।
कृषि शाखा प्रमुख रामहरि दाहालका अनुसार चालू आर्थिक वर्षमा मात्रै कृषि औजार तथा सामग्रीका लागि १४ वटै वडामा गरी ६ करोड ५० लाख रुपैयाँको माग भएको थियो।