पर्सामा १० केजी चरेससहित एक जना पक्राउ

पर्सामा १० केजी चरेससहित एक जना पक्राउ

वीरगन्ज : पर्साको ग्रामीण भेगबाट प्रहरीले लागूऔषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले लागूऔषध चरेस १० केजीसहित चितवनको भरतपुर महानगरपालिका-१२ गोन्द्राङ घर भएका २३ वर्षीय पासाङ तामाङलाई पक्राउ गरेको हो। 

पर्साको कालिकामाई गाउँपालिका-१ स्थित नहर सडक खण्डमा शुक्रबार दिउँसो प्रहरी चौकी आस्वारीबाट खटिएको प्रहरी टोलीले बीआर २२ टि ८४९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। 

त्यसक्रममा मोटरसाइकल चालक तामाङले बोकेको झोलाबाट २० वटा प्याकेटमा रहेको १० केजी चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। 

चरेस र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.