स्वतन्त्र पाटीको नामबाट अमेरिकाले गतिविधि बढाएको छ : दुर्गा पौडेल

स्वतन्त्र पाटीको नामबाट अमेरिकाले गतिविधि बढाएको छ : दुर्गा पौडेल

सन्धिखर्क : राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकाले स्वतन्त्र पाटीको नामबाट देशमा आफ्नो साम्राज्यवाद लागू गर्न खोजेको आरोप लगाएकी छिन्। 

अमेरिकी साम्राज्यवादको विरुद्धमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको मेची महाकाली अभियानको सिलसिलामा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले यस्तो बताएकी हुन्। 

उनले भनिन् 'अमेरिकाको स्वतन्त्र पाटीको चुनाव चिह्न घण्टी रहेको छ। हाम्रो पनि स्वतन्त्र पाटीको चुनाव चिह्न घण्टी छ। स्वतन्त्र पाटीको नामबाट देशमा पाटीहरू सञ्चालन गरेर हस्तक्षेप बढाउने काम गरेको छ।'

एमसीसीको माध्यमबाट अमेरिकी सेनाहरू देशमा भित्रिएको बताउँदै खतरनाक किसिमले अमेरिकाले आफ्ना गतिविधिहरू बढाइरहेको उनले बताइन् । अमेरिकाले 
नेपालमा बढाएको साम्राज्यवादको विरुद्धमा राष्ट्रिय जनमोर्चाले मेची महाकाली अभियान सञ्चालन गरेको छ। जनतालाई सचेत बनाएर अगाडि बढ्नका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.