हेटौंडामा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

हेटौंडामा शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

हेटौंडा : मकवानपुरमा निजी विद्यालयका शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।  हेटौंडा उपमहानगरपालिका –११ स्थित हेटौंडा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत १२ वर्षका सिर्जन उप्रेती घाइते भएका हुन् । 

विद्यालयका शिक्षक सरोज श्रेष्ठले कुटपिट गर्दा उनको बाँया हात दुई ठाउँमा भाँचिएको हो । सिर्जनका बुवा केदार उप्रेतीका अनुसार गएको फागुन २८ गते विद्यालयको अनुशासन नमानेको भन्दै सिर्जनमाथि शिक्षक सरोज श्रेष्ठले निर्मम कुटपिट गरेका थिए । 

कुटपिटपश्चात सिर्जनका बुवा केदारले विद्यालयका प्रधानाध्यापक गौरी चिमरियासमक्ष छोरालाई कुटपिट भएको गुनासो सुनाउन पुगेका थिए । विद्यालयले बेवास्था गरेपछि बुवा केदार आफैँ चुरेहिल अस्पताल र हेटौंडा मोडेल अस्पतालमा छोराको उपचारका लागि धाइरहेका छन् ।

‘अस्पतालले छोराको बायाँ हात दुई ठाउँमा भाँचिएको र स्टिल हाल्नुपर्छ भनेको छ । करिब १ लाख रुपैयाँ भन्दा बढी खर्च भइसक्यो, मसँग अब पैसा पनि छैन । छोरोको उपचार पनि पूर्ण रुपमा भइसकेको छैन,' बुबा केदारले दुखेसो पोखे ।

त्यस्तै विद्यालयका गणित शिक्षक धनबहादुर विश्वकर्माले शुक्रबार सिर्जनका भाइ कक्षा ५ मा अध्ययनरत १० वर्षका संकल्प उप्रेतीमाथि निर्घात कुटपिट गरे । होमवर्क नगरेको भन्दै शिक्षकले कुटेपछि संकल्प पनि घाइते भएका छन् । उनको शरीरभरी निलडाम रहेको उनका अभिभावकले जनाएका छन् ।

विद्यालयकी प्रधानाध्यापक गौरी चिमरियाले विद्यार्थीमाथि निर्मम कुटपिट भएको स्वीकार गरिन् । ‘बालबालिकामाथि कुटपिट गर्ने हाम्रो नीति छैन । शिक्षकबाट कमजोरी हुन गएको हो । पीडितपक्ष समन्वय गर्न आउनुभयो भने हामी विद्यार्थीको उपचार गर्छौं,’ उनले भनिन् ।
    
अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित हेटौडा एकेडेमीमा विद्यार्थीहरुमाथि अनुशासन नमानेको, होमवर्क नगरेको भन्दै दिनहुँ कुटपिट हुने गरेको अभिभावकको गुनासो छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.