प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गरेका छन्।
महतले आर्थिक संकुचनका कारण स्रोत व्यवस्थामा दबाब सृजना भएको बताए।
सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।
शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तारुढ पक्षले संशोधन प्रस्ताव फिर्ता लिएका थिए। प्रतिपक्षीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।