बालमैत्री वडा घोषणा
जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाको वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो।
बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति जाजरकोटका संयोजक कालीबहादुर खत्रीले बालमैत्री वडा घोषणा गरे।
बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको नगर प्रमुख रत्नबहादुर खड्काले बताए।
बालमैत्री वडा घोषणापश्चात यहाँका बालबालिकामा विभेद, डर, त्रास र हिंसाबाट मुक्त भएको छेडागाड नगरपालिका नगर प्रमुख खड्काले बताए।