डडेल्धुरा कारागारबाट तीन कैदी रिहा
डडेल्धुरा : १६ औं गणतन्त्र दिवस २०८० को अवसरमा डडेल्धुरा कारागारबाट ३ जना कैदीबन्दी रिहा भएका छन् । कारागारबाट दुई पुरुष र एक महिला गरी तीनजना कैदीबन्दी रिहा भएका हुन् ।
कारागारबाट कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले जानकारी दिए ।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरूको रिहाइ गरिएको ओझाले बताए ।
रिहा हुनेमा असल चालचलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकारले प्रतिवन्धलगायत १९ प्रकारका मुद्दाबाहेकका कैदीलाई रिहा गरिएको उनले बताए ।