गणतन्त्र दिवस : वीरगन्ज कारागारबाट १९ कैदी रिहा

गणतन्त्र दिवस : वीरगन्ज कारागारबाट १९ कैदी रिहा
वीरगन्ज कारागारबाट रिहा भएका कैदीहरुलाई फूलमाला र टिका लगाएर बिदाई गर्दै निमित्त जेलर । तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ जना कैदी रिहा भएका छन् । विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तानी गरिरहेका १९ जना कैदी सोमबार रिहा भएका हुन् । 

१६ औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये ५०१ जना कैदीको सजाय माफी दिएका छन् । त्यहिमध्ये सोमबार वीरगन्ज कारागारबाटपनि १९ जना कैदी साजय माफी पाएर रिहा भएका हुन् ।null

वीरगन्ज कारागारबाट सोमबार रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ७ जना , सवारी साधन मुद्दाका २ जना , चोरी मुद्दाका ३ जना , हातहतियार खरखजाना मुद्दाका २ जना तथा ज्यान मार्ने उद्योग, अपराधिक लाभ , सवारी ज्यान उद्योग तथा अंभंग , लागु औषध र बिना इजाजत वन पैदावार हानी नोक्सानी मुद्दाका १/१ जना रहेका छन् ।

सोमबार बिहान उनीहरुलाई वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले फुलमाला र टिका लगाएर बिदाई गरे । त्यसक्रममा उनले कारागारबाट रिहा भइ घर फर्किएकाहरुलाई समाजमा असल काम गरेर उदाहरणीय बन्न शुभकामना पनि दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.