राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
काठमाडौं : चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक भएको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए।
गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।
राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय,आर्थिक गतिविधिमा आएको संकुचनलगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।