भिस्वा नाकाबाट लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

भिस्वा नाकाबाट लागु औषधसहित बसका चालक र सहचालक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : भारतसँग सीमा जोडिएको पर्साको भिस्वा नाकाबाट प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित बसका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

पर्साको छिपहरमाई गाँउपालिका-५ भिस्वास्थित नेपाल-भारत सीमानाका नजिकै पार्किङ गरी राखिएको प्रदेश ०३-००१ख १८१० नम्बरको देवी ट्राभल्स बसबाट प्रहरीले लागू औषधसहित उक्त बसका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बसका चालक दोलखाको भिमेश्वर नगरपालिका ८ का  ४२ वर्षीय दुर्गाराज खत्री र सहचालक पर्साको धोबिनी गाँउपालिका ४ का नुरेश मियाँ तेली रहेका छन् ।

प्रहरीका अनुसार गोप्य सुचनाका आाधारमा सोमबार साँझ प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरी टोलीले यात्रु लिएर काठमाडौं जान तयारीमा रहेको उक्त बसमा चेकजाँच गरेको थियो । त्यसक्रममा बसको डिक्की खोलेर खानतलासी गर्दा डिक्कीभित्र रहेको प्लास्टिकको बाल्टीमा कागजले बेरेर राखिएको अवस्थामा लागु औषध फेनरागन ५ सय पिस , डाइजेपाम ५ सय पिस र नोर्फिन ५ सय पिस बरामद  भएको हो ।

बससहित चालक खत्री र सहचालक तेलीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.