अविवाहित महिलालाई सम्मानसहित भत्ता
नुवाकोट : नुवाकोटको तादी गाउँपालिकाले पहिलो पटक अविवाहित महिलालाई भत्ता प्रदान गरेको छ।
गाउँपालिकाको योजना अनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत पालिकाभित्र रहेका अविवाहित एकल महिलाको पहिचान गरेर उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले प्रोत्साहन भत्तासहित सम्मान गरिन्।
गाउँपालिकाका ४० वर्ष पूरा भएका ३४ जना एकल महिलालाई खादा ओढाएर सम्मान गर्नुका साथै मासिक एक/एक हजार रुपैयाँका दरले वार्षिक एकमुष्ट १२ हजार रुपैयाँ भत्ता प्रदान गरिएको हो।