भारत जानु अगाडि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

भारत जानु अगाडि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

काठमाडौं : भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटारमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोली नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

भैटमा नेपाल-चीनबीचको पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोग, मुलुकको आर्थिक विकास र समुन्नतिका लागि  आर्थिक सहयोग र बीआरआईको विषयमा पनि छलफल हुने स्रोतको भनाई छ।

उनीहरु मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्। भारत भ्रमण अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।

पुस १० गते एमालेको नेतृत्वमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका दाहाल चैतको १४ देखि १७ सम्म चीनको बेइजिङबाट ‘बोआओ फोरम फर एसिया’का लागि निम्तो आएपछि जाने तयारी गरेपनि कांग्रेस-माओवादीको नयाँ गठबन्धन बनेपछि अन्तिममा चीन नजाने सन्देश पठाएका थिए। 

सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिसभा बैठकमा चिनियाँ राजदूतकै कारण बोआओ फोरममा सहभागी नभएको बताएपछि लगत्तै चिनियाँ राजदूत छन् सोङले भेटेर सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए । 

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। प्रचण्डको औपचारिक भेटघाट र कार्यक्रम बिहीबार बिहान सुरु हुने कार्यतालिका छ। बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदराबाद हाउसमा भेटघाट हुने कार्यतालिका छ।

त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड भारतको मध्यप्रदेशको उज्जैन र इन्दोर जाने कार्यक्रम छ। त्यहाँ उनले फोहोर व्यवस्थापनसम्बन्धी प्रोजेक्ट हेर्नेछन्। त्यहाँबाट २० गते दिल्ली फर्केपछि उनी नेपाल फर्कनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.