भारतीय संसदमा नेपालको भूमिसहितको नक्सा राखेको विरोधमा मशाल जुलुस प्रदर्शन
गोरखा : भारतले नेपालको भूमिसहितको नक्सा जारी गर्दा पनि सरकार मुकदर्शक भएर बसेको भन्दै नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मशाल जुलुस प्रदर्शन गरेका छन्।
अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा बुधबार साँझ गोरखाको शक्तिचोकदेखि हरमटारीगेटसम्म मशाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन्।
जुलुशपछि आयोजित कोणसभा कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य प्रविन श्रेष्ठ, अमिरजंग थापा र अनेरास्ववियू गोरखाका अध्यक्ष प्रताप ढकाल लगायतले मन्तव्य राखेका थिए।