अत्यधिक गर्मी बढेपछि शैक्षिक संस्था ८ दिन बन्द गर्ने वीरगञ्च महानगरको निर्णय

अत्यधिक गर्मी बढेपछि शैक्षिक संस्था ८ दिन बन्द गर्ने वीरगञ्च महानगरको निर्णय
सुन्नुहोस्

वीरगन्ज : अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेपछि वीरगन्ज महानगरपालिकामा रहेका शिक्षण संस्थाहरू शुक्रबारदेखि ८ दिनका लागि बन्द हुने भएका छन्।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रभाव परिरहेको भन्दै वीरगन्ज महानगरपालिकाको कार्यालयले बुधबार सूचना जारी गर्दै जेठ १९ देखि २६ सम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पैडेलले जारी गरेको सूचनामा बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वर्षे विदामा कट्टा हुनेगरी ८ दिनका लागि सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

अत्यधिक गर्मीका कारण पर्साका विद्यालयमा विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेका छन्। पर्सा, बारालगायतका जिल्लामा पछिल्लो एक सातायता अत्यधिक गर्मी छ। यस क्षेत्रमा तापक्रम बढेर अधिकतम ४० देखि ४३  डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.