फेवा सिमसार संरक्षणको माग गर्दै उच्च अदालत पोखरामा रिट दायर

फेवा सिमसार संरक्षणको माग गर्दै उच्च अदालत पोखरामा रिट दायर
फेवाताल मुहानको सिमसार क्षेत्र ।
सुन्नुहोस्

पोखरा : फेवातालको मुहान क्षेत्रको सिमसार अतिक्रमण भएको भन्दै अधिवक्ता मनोज घर्ती मगरले उच्च अदालत पोखरामा बुधबार सिमसार संरक्षणको माग गर्दै रिट दायर गरेका छन् । 

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरा तथा मन्त्रिपरिषद्का मुख्यमन्त्री सुरेन्द्रराज पोण्डे लगायतलाई विपक्षी बनाई प्रतिषेधसहितको परमादेश माग गर्दै अधिवक्ता मनोज घर्ती मगरले रिट दायर गरेका हुन् । 

गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा मन्त्रालयका मन्त्री दिपेन्द्र बहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेश तथा प्राधिकरणका प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिका कार्यालय तथा महानगरका मेयर धनराज आचार्यलाई विपक्षी बनाई प्रतिषेधसहितको परमादेश माग गर्दै अधिवक्ता घर्ती मगरले रिट दायर गरेका छन् । बुधबार दर्ता भएको रिटको पेशी बिहीबारका लागि तोकिएको छ । 

रिटको बुँदा नम्बर ५ मा विपक्षीहरु संविधान, कानूनत फेवातालको संरक्षणको दायित्व बोकेका राज्यका निकायहरु भएको हुँदा उल्लिेखित संविधान, ऐनमा भएको व्यवस्था बमोजिम आप्नो कर्तव्य र दायित्व निर्वाह गर्नुपर्नेमा फेवातालको उचित संरक्षण र संवद्र्धन हुन नसकेको उल्लेख गरिएको छ । 

विश्व रामसारमा सूचिकृत फेवाताल नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय ख्याति कमाएको तर विपक्षीहरुको क्रियाकलापहरुले रिन्तर मासिँदै गइरहेको बताइएको छ । रिटमा विपक्षीहरुको काम कारबाहीबाट संविधान तथा कानूनविपरीत फेवाताललाई गम्भीर तथा अपूरणीय क्षति पुर्‍याएको उल्लेख छ ।

यसैगरी फेवातालको उत्तरपश्चिमतर्फको क्षेत्रमा दिनहुँ टिपरमा माटो ओसारेर ताल छेउको होचो जमिन उकास्ने र सम्याउने काम भइरहेको रिटमा उल्लेख छ । 

रिटमा फेवातालको सिमसार क्षेत्र प्राकृतिक तथा मानवीय कारणहरुबाट पुरिन नदिई संरक्षण गर्न फेवातालको सिरानमा रहेका सिमसार क्षेत्र माटोले पर्ने काम नगर्नू नगराउनू र उक्त कार्यका लागि थुपारिएको माटो यथाशीघ्र हटाउनु र त्यसका लागि चलाइने सबै टिपर र डोजर नियन्त्रणमा लिन व्यवस्था मिलाउनू र अन्तर्राष्ट्रिय रुपमा गरिएको प्रतिबद्धता र कानून बमोजिम सिमसार क्षेत्रको संरक्षण गर्नु भनी विपक्षी नं १ का नाममा निर्देशनात्मक आदेशसहितको परमादेश जारी गरि पाउँ भनि रिट दायर गरिएको छ ।

प्राकृतिक रुपमा मुहान क्षेत्रमा जाने पहिरोको कारण र सिमसार पुर्ने लगायतका मानव गतिविधिका कारण फेवाताल मुहान क्षेत्रबाट वर्षेनी पुरिने क्रम बढ्दै गएको सिमसार विज्ञले बताउँदै आएका छन् ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.