बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण गर्ने मोदीको घोषणा
बैतडी :भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण गरिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदरावाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माण गरिने प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन् ।
नेपालको सुदूरपश्चिम क्षेत्रबाट कनेक्टीभिटीलाई बढावा दिन डडेल्धुराको शीर्ष र झुलाघाटमा मोटरेबल पुल निर्माण गरिने मोदीले उद्घोष गरेका हुन् । बैतडीसँग सिमाना जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माण गर्न सके यस क्षेत्रको आर्थिक तथा भौतिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।