बाग्लुङ बन्यो प्रदेश स्तरीय आर्चरी च्याम्पियन
जोमसोम : मुस्ताङमा आयोजित गण्डकी प्रदेश स्तरीय दोस्रो परम्परागत ’तारा’ खेल (आर्चरी) प्रतियोगिताको उपाधि बाग्लुङले जितेको छ।
बिहीबार सम्पन्न प्रतियोगितामा ८३ अंक ल्याएर बागलुङले उपाधि जितेको हो। ८१ अंक ल्याएर म्याग्दी दोस्रो र मुस्ताङको ए टिम ७८ अंकसहित तेस्रो भएको छ।
प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टिमले ३० हजार नगद, ट्रफी ,मेडल र प्रमाणपत्र पाएका छन्। प्रतियोगितामा पर्वत, बाग्लुङ, म्याग्दी, कास्की र मुस्ताङको दुई टिम गरी ६ वटा टिमले सहभागिता जनाएका थिए।
गण्डकी खेलकुद परिषद् गण्डकीको आयोजना तथा निर्मल स्पोर्टिङ क्लब र जिल्ला खेलकुद विकास समिति मुस्ताङको समन्वयमा प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ‘धनुधर’ म्याग्दीका टीकाबहादुर शेरपुन्जा बने। उनले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन्।
यसैगरी विशिष्ट ‘धुनधर’ खेलाडीको उपाधि बाग्लुङका सुनील बुढामगरले प्राप्त गरे।