प्रशासकीय भवन निर्माण
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको छ। पालिकाले ७ करोड ५९ लाख ८५ हजारको लागत भवन निर्माण गरेको हो।
भवनको भौतिक संरचना निर्माणका साथै रंगरोगन र फिनिसिङको काम सबै सकिएको पालिकाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए। भवन निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत रकम खर्च भएको छ।
भवनमा कुल ३२ वटा कोठा छन्। भवनमा अध्यक्ष र उपाध्यक्षको अलग/अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल,प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग/अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि छन्।