वीरगन्जसहित तीन औद्योगिक करिडोरमा करको दरमा एकरूपता ल्याउने तयारी

वीरगन्जसहित तीन औद्योगिक करिडोरमा करको दरमा एकरूपता ल्याउने तयारी
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज पथलैया औद्योगिक क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले आउँदो आर्थिक वर्षबाट करको दरमा एकरुपता ल्याउन गृहकार्य सुरु गरेका छन्। 

पर्साको वीरगन्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाले करको दरमा एकरूपता ल्याउन गृहकार्य सुरु गरेका हुन्। 

वीरगन्ज महानगरपालिकाको पहलमा बिहीबार साँझ तीनै स्थानीय तहका प्रमुखबीच भएको बैठकले करको दर र आयका शीर्षकमा एकरूपता ल्याउने निर्णय गर्दै त्यसका लागि कार्यदल बनाएको छ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनै वटै स्थानीय सरकारले यहाँका उद्योगी व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एकरूपता ल्याउन खोजिएको बताए।

बैठकले आयका शीर्षक र करको दरमा एकरूपता ल्याउन वीरगन्ज महानगरपालिकाका राजश्व शाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजश्व शाखा प्रमुख कृष्णप्रसाद यादव सदस्य रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.