गौशालाका विद्यालय एक साताका लागि बन्द
महोत्तरी : अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित भएपछि गौशाला नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी विदा दिएको छ।
गर्मीको कारण विद्यालयसम्म पुग्नका लागि बालबालिकालाई लक्षित गर्दै कार्यालयले यहाँका सामुदायिक विद्यालयमा विदा दिएको हो।
जेठ २१ गतेदेखि जेठ २६ गतेसम्मका लागि गर्मी विदा दिइएको शिक्षा शाखा संयोजक वीरबहादुर बलम्पाकीले बताएका छन्। सो विदा वर्षे विदाबाट कट्टा हुने गरी मिलाइएको संयोजक बलम्पाकीले जानकारी दिए।
पछिल्लो समयमा आएर अत्यधिक गर्मी बढेपछि यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ।