नागरिकता विधेयक प्रमाणीकरमा राष्ट्रपतिबाट गलत नजीर स्थापित भयो : एमाले

नागरिकता विधेयक प्रमाणीकरमा राष्ट्रपतिबाट गलत नजीर स्थापित भयो : एमाले

काठमाडौं : नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक रहेको बताएको छ। शुक्रबार बसेको सचिवालउ बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति आपत्ति जनाउँदै गलत नजीर स्थापित गरेको बताएको छ।

पार्टी उपमहासचिव प्रदीप पौडेलले त्यस्ता विधेयकहरू सभामुखको सिफारिसमा मात्रै प्रमाणीकरण गरिने र सरकारको आग्रहले सिफारिस गर्न नमिल्ने बताए। 

'असंवैधानिक प्रक्रियाबाट अगाडि बढाउन खोजिएको यस कदमले नागरिकताको दिगो समाधान दिन सक्दैन। कुनै पनि बहानामा विधि निर्माणको संवैधानिक प्रक्रिया मिच्न पाइँदैन र हुँदैन। प्रधानमन्त्रीको विदेश भ्रमणको केही दिन अगाडि संविधान र विधि प्रक्रिया विपरीत गरिएको यस प्रमाणीकरणले सरकार र राष्ट्रपति कार्यालय नागरिकता विषय नेपालको आन्तरिक मामिला होइन, बाह्य चासोको विषयमा हो भन्ने गलत नजीर स्थापित गर्न चाहेको आशंकालाई बलियो बनाएको छ,' एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै एमालेले रेशम चौधरीको आममाफीप्रति पनि गम्भीर आपत्ति जनाएको छ। टीकापुर घटनामा क्रूर अपराध भएको र तीन तहकै अदालतबाट दोषी करार भएको भन्दै रेशमको आममाफीप्रति आपत्ति जनाएको हो। 

त्यस्तै सरकारले ल्याएको बजेटले आर्थिक अवस्था सुधार नगर्ने र अर्थतन्त्र झनै कमजोर बन्ने एमाले निष्कर्ष रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.