दिल्लीमा प्रचण्ड मुस्कान !

दिल्लीमा प्रचण्ड मुस्कान !
सुन्नुहोस्

नयाँ दिल्ली : भारत भ्रमणमा आएकै साँझ नेपाली दूतावासको रात्रिभोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलि मलिन देखिन्थे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर संयुक्त पत्रकार सम्मेलन गरेको भोलिपल्ट झिसमिसेमै नेपाली सम्पादकहरूमाझ भने उनी निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भए । उनको मुस्कान मात्र होइन, भाषैले नै भन्थ्यो, ‘भ्रमण राम्रो भयो ।’ 

‘राम्रो भयो । कुल मिलाएर राम्रो भयो,’ उनले भने, ‘यसअघिका मेरा तीन वटा भ्रमणमा भारतका मूलधारका सञ्चारमाध्यमले यति धेरै कभर गरेका थिएनन् । त्यसैले अहिले भारतले अलि बढी नै महत्त्व दिएको जस्तो देखियो ।’ यसका लागि आफूले निकै मेहनत गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘धेरै मेहनत गरियो, हेर्नुहोस् । एकपटक त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुभयो भने दूतावासको कार्यक्रममा मेरो अनुहार उज्यालो थिएन । दबाबमा परेको जस्तो थियो,’ उनले भने, ‘तर, त्यसमा (अवस्था सुधार्न) मोदीजीले नै बढी पहल गरेको देख्छु । वान टु वान मिटिङबाट स्थिति सम्हालिँदै आयो ।’  

उनले दीर्घकालीन ऊर्जा व्यापारमा भएको सम्झौतालाई सबैभन्दा महत्त्वशाली र ऐतिहासिक भने । ‘नेपाललाई समृद्धिको दिशामा लैजान मार्केटिङ गर्न सक्ने विषय भनेको ऊर्जा व्यापार नै थियो । बंगलादेशसँग हाम्रो पहिल्यै सहमति भएको थियो । अब नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सरहकै सम्झौता भएको छ,’ उनले थपे ।

प्रधानमन्त्री दाहालले यसलाई ‘ब्रेक थ्रु’ को उपमा दिए । त्यस्तै प्रधानमन्त्री मोदी हाइड्रोजन इनर्जीमा चाँडो जान चाहिरहेको, त्यसका लागि क्लिन इनर्जी चाहिने र क्लिन इनर्जीमा नेपालमा प्रचुर सम्भावना भएकाले दुवैले यसबाट लाभ लिन सक्ने उनले बताए । 

हवाई रुटबारे नेपालले कुरा राख्न नसकेको प्रधानमन्त्रीमाथि आरोप लागेको छ । त्यसबारे उनले भने, ‘नेपालगन्जबाट कम अल्टिच्युटमा रुट दिन भारत तयार छ । हामीले महेन्द्रनगरबाट बढी अल्टिच्युटबाटै चाहिन्छ भन्ने अडान राखेका छौं । त्यसमा सकारात्मक रहेको पाएका छौं ।’

सीमा समस्यामा प्रधानमन्त्री मोदी गम्भीर रहेको आफूले पाएको दाहालले बताए । ‘प्रधानमन्त्री मोदीसँग तीन पटक वार्ता भयो । त्यसक्रममा उहाँले यसलाई गम्भीरतापूर्वक लिएको र सदाका लागि हल गरौं भन्नु भएको छ । संयुक्त पत्रकार सम्मेलनमा पनि यसबारे प्रतिबद्धता जनाउनुभयो । म खुसी छु,’ उनले थपे, ‘सिमानाको समस्या समाधान गर्नुपर्छ भनेर हामी मात्रै भन्थ्यौं । अहिले भारतले पनि भनेको छ ।’ 

आफ्नो पटक—पटकको अडानका कारण मोदी यसमा सकारात्मक भएको र उत्साहपूर्वक हिमालयन हाइट र सुपरहिटजस्ता शब्द प्रयोग गरेको आफूलाई लागेको प्रधानमन्त्री दाहालले बताए । ईपीजी प्रतिवेदनबारे भने आफूले प्रसँगै नठाएको उनले सुनाए । ‘नेपालमा यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । तर, मलाई के लाग्यो भने यस विषयमा विवाद गरेर सबै काम अड्काएर बस्नुभन्दा सकाउने काम सकाउँदै जाने र पछि वातावरण बनाएर ईपीजी पनि सल्टाउँ भन्ने ठानें । यो विषय नै उठेन । उठाएर माहोल बिगार्नेतिर लागिएन ।’

भारत भ्रमणमा आएकै बिहान नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुको कारणबारे राखिएको जिज्ञासामा दाहालले भने, ‘मैले त धेरै पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भनेको थिएँ । अब राष्ट्रपतिजीले सल्लाह गर्दैगर्दै जाँदा त्यो दिन पर्न गयो । मात्रै यति हो त्यो, मैले बुझ्दाखेरि । संयोग मात्रै हो ।’

अलिअलि लुकाउन चाहेको, अलिअलि खुलाउन खोजेको भावमा उनी प्रस्तुत भएका थिए । कतिपय प्रश्नको उत्तरमा उनले प्रस्टै भने, ‘यसबारे यहाँ होइन, उतै गएर भनौंला ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.