तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाका अधिकारीलाई
रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्त आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाको हिमा गाउँपालिका-६ पातरखोलाका अधिकारीले रारा ताल वरीपरी १६ किलोमिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी हासिल गरेका हुन्।
मुगु : पर्यटन प्रवर्द्धन र राराको प्रचार प्रशारका लागि तीन वर्षदेखि आयोजना हुँदै आएको रारा ट्रेल रनको उपाधी जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् ।
रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्त आयोजना गरेको तेस्रो रारा ट्रेल रनको उपाधी जुम्लाको हिमा गाउँपालिका-६ पातरखोलाका अधिकारीले रारा ताल वरीपरी १६ किलोमिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी हासिल गरेका हुन्।
उक्त प्रतियोगितामा २ सय २२ जना खेलाडी सहभागी रहेका श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउँपालिका-३ का शेरबहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधी जुम्लाकै पातारासी गाउँपालिका-५ का दिपेन्द्र बोहोराले हात पारेका छन् । बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा उक्त दुरी पार गरेका श्री दल गुल्मले जानकारी दिएको हो।
महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका-३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधी हात पारिन् । १६ किलोमिटर रावलले १घण्टा १३ मिनेट ५२ सेकेन्डमा पार गरेकी थिइन्। यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउँपालिका-९ की अनिता बुढा रहेकी छन्। उनले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा र तेश्रो स्थानमा जुम्लाकै पातारासि गाउँपालिका-२ की समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गरेकी थिइन्।
बिजेता पुरुष तथा महिला खेलाडी प्रथम, दोस्रो र तेस्रोलाई क्रमश: ४० हजार , ३० हजार , २० हजार रुपैयाँ रकम पुरस्कार तथा प्रमाण प्रत्र प्रदान गरिएको आयोजकले बताए।
नेपाली सेना, नेपाल प्रहरी, शस्त्र र कर्णाली प्रदेशका अन्य खेलाडी गरी २ सय २२ जना सहभागी मध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधी सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन्।