जिल्ला स्तरीय वक्तृत्वकलामा अधिकारी प्रथम
काभ्रे : काभ्रेमा आयोजना भएको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नेपाल प्रहरी स्कुलका सम्भव अधिकारी प्रथम भएका छन्।
काभ्रे जिल्ला युवा समितिले आयोजना गरेको प्रतियोगितामा बनेपा-१४ की सफलता कार्की द्वित्तीय, बनेका-४ सुशान्त खत्री तृतीय भएका छन्। बेथानचोक गाउँपालिका-५ कि रोमिन लामाले सान्त्वना स्थान हासिल गरे।
प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगितामा २१ जनाको सहभागिता रहेको थियो।
शनिबार बागमती प्रदेश युवा परिषदको सहयोगमा 'युवा र नवप्रवर्तन' विषयमा प्रतियोगिता सञ्चालन गरिएको हो। खुला प्रतियोगिता जिल्लाको बनेपामा शनिबार भएको थियो।