स्कारपियो दुर्घटना : बेपत्ताको खोजी गर्न सुनकोसी नदीको बहाव डाइभर्सन गरिँदै

स्कारपियो दुर्घटना : बेपत्ताको खोजी गर्न सुनकोसी नदीको बहाव डाइभर्सन गरिँदै

सिन्धुली : सुनकोसी नदीको बहाव डाइभर्सन गर्न थालिएको छ। शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी र त्यसमा सवार ३ जनाको खोजि गर्न नदीको बहाव डाइभर्सन गर्न लागिएको हो।

नदीमा गहिरो र अत्याधिक पानीको प्रवाह भएको कारण गोताखोरलाई समेत खोजबिन गर्न कठिन भएपछि नदीको पानीलाई डाइभर्सन गरेर बहाव कम गर्न थालिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डीएसपी चिरन्जीवी दाहाललका अनुसार नदीमा तीनवटा स्काभेटर लगाएर बहाव परिवर्तनका लागि डाइभर्सन बनाउन थालिएको छ।

शुक्रबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको पहलमा बेपत्ता गाडी र मान्छेको खोजि गरिपनि हालसम्म पत्तो लाग्न सकेको छैन। 

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्न मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका - ९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगती नगरपालिका- ७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका- ५ ईलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्। उनीहरू खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै थिए।

शनिबार दिनभर सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेपनि केही पत्ता नलागेपछि डाइभर्सन थालिएको हो। आइतबार बिहानैदेखि बेपत्ताहरुको खोजि कार्य सुरु गरिएको छ। बेपत्ताको खोजीका लागि आइतबार नेपाली सेनाको गोताखोर टोलीसमेत सिन्धुली आइपुगेको छ।

दुर्घटनामा जीपका चालक राप्ती गाउँपालिका- ६ दाङका ३१ वर्षीय कृष्ण चौधरी सुनकोसीबाट पौडिएर निस्कन सफल भएका थिए। उनलाई खुर्कोटस्थित शुभजिवन सामुदायिक अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मुख र हातमा चोट लागेको थियो।
स्कारपियोका चालक चौधरीका अनुसार गाडीमा ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर सुनकोशी नदीमा खसेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.