एमालेले संसद अवरुद्ध गर्ने तयारी

प्रतिनिधिसभाको बैठक आज : प्रचण्डले भारतमा ‘विवादास्पद अभिव्यक्ति’ दिएको भन्दै एमालेले जवाफ माग्ने

प्रतिनिधिसभाको बैठक आज : प्रचण्डले भारतमा ‘विवादास्पद अभिव्यक्ति’ दिएको भन्दै एमालेले जवाफ माग्ने
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि छलफल हुनु अगाडि नै प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले संसद अवरुद्ध गर्ने तयारी गरेको हो। 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने बाटो नेपाललाई दिए कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पबारे पनि छलफल भएको विवादास्पद अभिव्यक्ति दिएका थिए। 

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, इपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेको लगायतका विषयमा प्रधानमन्त्रीसँग संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो। 

कालापानीको समस्या समाधानका लागि अब नयाँ विकल्पबारे बहस सुरु भएको प्रधानमन्त्री प्रचण्डले बताएका थिए। शुक्रबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भनेका थिए, 'हामीलाई बंगलादेशसम्म सीधै जाने बाटो चाहिएको छ भनेर नेपालमा उहिलेदेखि आवाज उठिरहेको कुरा हो । हाम्रो आवश्यकता पनि हो, चाहना पनि हो । त्यसमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ ।'
 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारका पालामा नेपालको संसद्‌ले संविधान संशोधन गरेर आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको थियो। नेपालको भूमि फिर्ता लिनुपर्ने र भारतीय सेनालाई कालापानीबाट हटाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुपर्ने बहस चलिरहेको समयमा प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिको चर्को आलोचना हुँदै आएको छ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। संवैधानिक व्यवस्था विपरित नागरिकता विधेयक प्रमाणीकरण भएको विषयमा पनि संसदमा कडारूपमा विरोध जनाउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.