प्रतिनिधिसभाको बैठक (लाइभ)
काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्ष दलले आज पनि संसद अवरुद्ध गरेको छ।
सोमबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची रहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमाथि छलफल हुनु अगाडि नै एमाले, रास्वपा, राप्रपाले संसद बैठक अवरोध गर्ने तयारी गरेका छन्।