बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुर : भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ। घाइते नेपालीको अवस्था खतरामुक्त छ। घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ।
बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
