चण्डीगढेखि साइकलमा काठमाडौं
काठमाडौं : भारतको चण्डीगढको भवन विद्यालयका १७ विद्यार्थी र पाँच शिक्षकको समूहले चण्डीगढदेखि काठमाडौँसम्मको एक हजार तीन सय किलोमिटर यात्रा साइकलबाटै तय गरेका छन्।
गत जेठ १३ चण्डीगढबाट निस्किएका उनीहरू जेठ २० गते काठमाडौं आइपुगेका थिए। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूको नेतृत्व शारीरिक तथा फिटनेस शिक्षक विजयपाल सिंहले गरेका थिए।
उनीहरूलाई सुन्दरीजलको नयाँपाटीस्थित ड्याफोडिलचण्डीगढदेखि साइकलमा काठमाडौं पब्लिक स्कुलका ईसीए प्रमुख मनिषा मुखिया र विद्यालय सुपरभाइजर तरला शेर्पाले स्वागत गरेका थिए।
चण्डीगढ र ड्याफोडिल स्कुलका शिक्षक तथा विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा दुवै विद्यालयका शिक्षक तथा विद्यार्थीले आफ्नो ज्ञान आदानप्रदान गरेका थिए।
दुई छिमेकी मुलुकबीचको मित्रतालाई अझ प्रगाढ बनाउन भवन विद्यालयका शिक्षक तथा विद्यार्थीको समूह नेपाल आएको हो।