नुवाकोटमा ७४९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-२ कुमरीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर ७ सय ४९ जनाले सेवा लिएका छन्।
नगरपालिकाले विभिन्न संस्थाको सहयोगमा शिविर सञ्चालन गरेको हो। २३ जना अनुभवी चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका हुन्।
शिविरका क्रममा ११ सेवा सञ्चालन गरिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा १ सय ८० जनाको भिडियो एक्सरे र ८० बढीको इसिजी गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
४