कृषि अनुदानको रकमबारे संसदमा जानकारी गराइयोस्

कृषि अनुदानको रकमबारे संसदमा जानकारी गराइयोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादु्र सिंहले कृषि अनुदानको रकम दुरूपयोग भएको बताएका छन्।  बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले रकम दुरुपयोगबारे निष्पक्ष छानबिन हुनुपर्ने सरकारसँग माग गरे। 

उनले कृषि अनुदानको रकमबारे संसदमा जानकारी गराउन समेत आग्रह गरे।

उनले भने,'चाहे त्यो सरकारको होस् या चाहे विदेशी दातृ निकायले दिएको होस्। कृषि अनुदानको रकमबारे संसदमा जानकारी गराइयोस्। '

सांसद सिंहले अनुदानको रकम हिनामिना गरेको भेटिए जोकोहीलाई पनि कारबाही हुनुपर्ने बताए।

उनले भने,'सुन्नमा आएको छ।  प्रदेश सरकारका मन्त्री, आफ्ना नातागोता र हामी मान्यहरूबाट त्यो अनुदान लिएर आफ्नो फर्मबाट करोडौं रकम हिनामिना भएको  छ। यसको उचित जाँच होस् भन्ने माग गर्दछु।
यदि त्यो अनुदानमा हामीहरू कोही मुछिएको छ भने ती मन्त्री र माननीयनज्यूलाई  कडाभन्दा कडा सजाय होस् भन्ने माग गदर्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.