तातो हावाका कारण जनजीवन प्रभावित

तातो हावाका कारण जनजीवन प्रभावित
सुन्नुहोस्

टीकापुर : सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आज यस वर्षकै सर्वाधिक गर्मी मापन गरिएको छ। 

महाकाली बेसिन फिल्ड कार्यालय मौसम मापन केन्द्र अत्तरियाले यस वर्षकै सर्वाधिक गर्मी मापन गरेको हो। केन्द्रका अनुसार आज दिउँसो २:२० बजे ४०.५ डिग्री सेल्सियस मापन गरिएको छ। 

आज यस वर्षकै सर्वाधिक गर्मी मापन गरिएको केन्द्रका प्रमुख इञ्जिनियर सञ्जय कुमार शाहले जानकारी दिए। शाहका अनुसार केन्द्रले हिजो अधिकतम् तापक्रम ३९.९ डिग्री र न्युनतम् तापक्रम २२.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज अधिकतम् ४०.५ डिग्री र न्यूनतम् २२.६ डिग्री सेल्सियस मापन गरिएको हो। 

पछिल्ला केही दिनयता तापक्रम बढ्दै गइरहेको छ भने जिल्लामा तातो हावा समेत चलिरहेको छ। तातो हावाका कारण चलेको लुले जनजीवन प्रभावित बनेको छ।  

शाहका अनुसार अझै दुई दिनसम्म तराईका जिल्लाहरूमा तावा हावा चल्ने, लु लाग्ने, गर्मी बढ्दै जाने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले समेत कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा तातो हावा चल्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। 

महाशाखाले आज प्रकाशित गरेको मौसम बुलेटिनमा अझै केही दिन तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन भनिएको छ। तातो हावाका कारण लु लाग्ने, शरीर कमजोर हुने, कमजोरी हुने, बान्ता लाग्ने जस्ता लक्षणहरू देखापर्ने प्रमुख शाहले बताए। 

तातो हावाबाट बच्नका लागि शरीर पुरै छोप्ने हल्का लुगा लगाउने, टाउको छोप्ने, झोलिलो पदार्थ प्रशस्त खाने, पानी पर्याप्त पिउने र दिउँसोको समयमा घर भन्दा बाहिर ननिस्कने जस्ता उपाय अपनाउन समेत शाहले आग्रह गरेका छन्। 

कैलालीमा तापक्रम बढ्दै तातो हावा समेत चलिरहँदा विद्यालयहरू भने सञ्चालनमा छन्। कतिपय अभिभावकले मौसममा ध्यान दिँदै विद्यालयको पठनपाठन केही दिनका बन्द गर्न आग्रह गरिरहेका छन्। गर्मीकै कारण अस्पतालहरूमा बिरामी बढ्न थालेको टीकापुर अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.