कालिकोटमा जीप दुर्घटनाकी घाइते सिंहको हेलिकोप्टरमा उद्धार

कालिकोटमा जीप दुर्घटनाकी घाइते सिंहको हेलिकोप्टरमा उद्धार
सुन्नुहोस्

वीरेन्द्रनगर : कालिकोट रास्कोटमा भएको जीप दुर्घटनामा परेर घाइते भएकी रिता सिंह ‘शाही’को करिब तीन घण्टापछि हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी रिता सिंह ‘शाही’लाई रास्कोट सामुदायिक अस्पतालमा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ‘पोषण’ले जानकारी दिए।

बिहान ७ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको थियो। 

मृतक मानबहादुर रास्कोट नगरपालिका-१ का नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति पनि हुन्।  

जीप चालक विनोद दर्लामीको लापरबाहीका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। डीएसपी जयस्वर रिमालका अनुसार जीप चालककै लापरबाहीका कारण दुर्घटना भएको हो। चालक दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.