वीरगन्जको बालसुधार गृहमा क्षमताभन्दा तेब्बर बढी थुनुवा बालक
वीरगन्ज : वीरगन्जको बालसुधार गृहमा क्षमताभन्दा तेब्बर बढी थुनुवा बालक रहेका छन्।
बालसुधार गृहको कूल क्षमता ५० जनाको मात्र हो। तर अहिले यहाँ १ सय २८ जना थुनुवा बालकलाई राखिएको निमित्त प्रमुख कृष्ण साह गोढले बताए।
बालसुधार गृहको एउटा कोठामा २० जनासम्म बालकलाई राख्नुपरेको उनले बताए।
बालसुधार गृहमा रहेका थुनुवा बालकहरूले सास्ती खेप्नु परेको गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार बाल सुधारगृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
७