दमकलबाट घर घरमा पानी पुर्‍याउँदै त्रियुगा नगरपालिका

दमकलबाट घर घरमा पानी पुर्‍याउँदै त्रियुगा नगरपालिका
सुन्नुहोस्

उदयपुर : लामो खडेरीले पानीको मुहान सुक्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक स्थल र अति समस्यामा परेका व्यक्तिका घरमा पानी पुर्‍याउन थालेको छ।

झण्डै एक महिनायता पानी नपरेपछि सदरमुकाम आसपासका क्षेत्रमा पानीको हाहाकार मच्चिएको हो। जताततै पानीका मुहान सुक्न थालेपछि खाली रहेको दमकलको प्रयोग गरी समस्यामा परेका गाउँ बस्तीमा पानी पुर्‍याउन थालिएको मेयर बसन्तकुमार बस्नेतले बताए। 

उनले भने, ‘पानी परेको छैन, गाउँ बस्ती नजिकका वनजंगल, नदीनालाको स्रोत सुकेर पानी पिउन पाएका छैनौ भन्ने गुनासो आएकाले तत्काल सम्बोधन गरेका हौं। काकाकुल जीवन बिताइरहेकालाई पानी पुर्‍याउनु नगरपालिकाको पहिलो कर्तव्य हो', उनले भने। 

उनले खडेरी रहन्जेल पानीको समस्या झेली रहेका सर्वसाधारणलाई दमकलमार्फत नै पानी पुर्‍याइने बताए। खासगरी सुख्खाग्रस्त सदरमुकाम लगायतका आसपासका क्षेत्रमा पानीको हाहाकार भएको उनले बताए। खडेरीले खोला, ट्युबवेल, इनार, धारा, कुवा, जरुवाहरू पूर्णरुपले सुकेको उपमेयर महेश्वरी राईले बताइन्। 

नदीका स्रोतहरू सुक्न थालेपछि ठूला खोलामासमेत कमिला हिँड्न थालेका छन्। उपमेयर राईले धाराको भरमा बसेका सुख्खाग्रस्त क्षेत्रमा एक घर बराबर ५ सयदेखि एक हजार लिटरसम्म पानी पुर्‍याइएको बताइन्। 

पानीको सबैभन्दा अभाव वडा नम्बर ९ गैरुन, रातमाटे क्षेत्रमा रहेको छ। शुद्ध पिउने पानीको वर्षौदेखि अभाव झैल्दै आएका वडा नम्बर ९ मा गैरुन–रातमाटे लिफ्टिङ् खानेपानी आयोजना मार्फत खानेपानी पुर्‍याउने उद्देश्यले योजना सुरु गरिएको भए पनि संघीय र प्रदेश सरकारले बजेट अभाव देखाउँदै बजेट व्यवस्थापन नदिँदा समस्या झेल्नु परेको छ।

स्थानीय स्रोत र साधनले ठूलो योजना सम्पन्न गर्न नपुग्ने साथै संघ र प्रदेश सरकारले बजेटको व्यवस्था नगरिदिँदा निर्माणाधीन नगरका आधा दर्जन योजना अलपत्र परेको मेयर बस्नेतले बताए। 

विद्यालय बन्द 

चर्को गर्मीले विद्यार्थीहरू विद्यालयमा नै बेहोस हुन थालेपछि यहाँका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन्। अधिकांस विद्यालयका भवनमा जस्तापाताको छानो रहेकाले गर्मी सहन गाह्रो भएको भन्दै विद्यालय बन्द गरिएको हो। 

त्रियुगा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवकुमारी राउतले धेरै विद्यालय जस्ताको छानो र थोरै सिमेन्टको ढलान भएपनि पर्याप्त पंखा, झ्याल, बस्ने सिटको कमीका कारण अहिलेको अवस्थामा सहज रूपमा पठनपाठन गराउन गाह्रो भएको बताइन्। 

उनले भनिन्, विद्यार्थी चापका कारण कक्षा कोठा पर्याप्त नभएको, झ्याल साना र न्यून भएकाले कोठामा हावा चलखेल गर्ने वातावरण नहुनु, एउटा सिटमा चार जनासम्म राख्नुपर्ने बाध्यताले समस्या भएको छ।'

अत्यधिक गर्मीका कारण घरबाट बाहिर निस्कने सक्ने अवस्था नरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गर्नु परेको राउतले बताइन्। जिल्लाका बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका, रौतमाई गाउँपालिकाले गर्मी बढेकै कारण वर्षे बिदाबाट कटौती हुने गरी धमाधम बिदा दिएका छन्। 

गर्मी बढेसँगै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन नगरपालिकाहरूले अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.