सवारी चालकमा ब्लड प्रेसर र आँखा सम्बन्धी समस्या

सवारी चालकमा ब्लड प्रेसर र आँखा सम्बन्धी समस्या

गुलरिया : जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको आयोजना तथा फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज र आधारभुत नगर अस्पताल ठाकुरबाबा भुरीगाउँको सहकार्यमा सवारी चालकहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो ।

सवारी दुर्घटना न्युनिकरण गर्न बर्दियाको पूर्व पश्चिम राजमार्गमा चल्ने विभिन्न सवारी साधनका १ सय ७८ जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जसमध्ये ५२ जना चालकमा स्वास्थ्य समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका हवल्दार कृष्ण डाँगीले बताए । स्वास्थ्य परीक्षणका क्रममा ३५ जना ब्लड प्रेसरका बिरामी तथा १७ जना आँखा सम्बन्धी समस्या भएका चालकहरु पाइएको उनको भनाई छ । 

प्रहरी सहायक निरीक्षक महेन्द्रसिंह भण्डारीसहित स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य समस्या देखिएका चालकहरुलाई आवश्यक स्वास्थ्य परामर्श दिई उपचारको लागि स्वास्थ्य संस्थामा प्रेषण गरिएको हवल्दार डाँगीले जानकारी दिए । सामान्य स्वास्थ्य समस्याले पनि सवारी दुर्घटना निम्ताउन सक्ने भएकाले सवारी चालकहरुलाई स्वास्थ्यको ख्याल राखेर समयमै उपचार गर्न ट्राफिक कार्यालय बर्दियाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.