अनेमसंघको कर्णाली प्रदेश अध्यक्षमा खड्का
![अनेमसंघको कर्णाली प्रदेश अध्यक्षमा खड्का](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_QHzvz3E0lZ_LVVEK5miab.jpg)
वीरेन्द्रनगर : अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अध्यक्षमा पद्मा खड्का निर्वाचित भएकी छन्।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न नेकपा एमाले निकट महिला संगठन अनेमसंघको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी अध्यक्षमा खड्का सर्वसम्मत रूपमा निर्वाचित भएकी हुन्।
पाटी राजनीतिमा सक्रिय महिना नेतृ खड्का २०७४ सालको प्रदेश समानुपातिक सांसद पनि हुन्। पाटीको प्रदेश कमिटी सदस्य पनि हुन्।
संघको उपाध्यक्षमा द्वय कुमारी थापा र अम्बिका बोहरा, सचिवमा तारा शाही, सहसचिवमा कोकिला सिंह ठकुरी र कोषाध्यक्षमा चन्द्रिका महरा लगायत ५१ सदस्यीय नयाँ कमिटी चयन गरिएको निर्बाचन समितिकी संयोजक पार्वती सिंहले जानकारी दिन्।
उनका अनुसार एमाले निकट महिला संगठन अनेमसंघ संघीय संरचनापछि पहिलो पटक सम्मेलन गरेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)