फर्निचर उद्योगमा आगलगी हुँदा ५२ लाखको क्षति
महोत्तरी : महोत्तरीको रामगोपालपुरस्थित दुई फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।
शनिबार रामगोपालपुर नगरपालिका-५ मा रेवी ठाकुर र राजकुमार ठाकुरले सञ्चालनमा ल्याएको काठ फर्निचर उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा ५२ लाखको क्षति सरसामान जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले लिएको जानकारी अनुसार रेवी ठाकुरको काठ फर्निचर घरबाट अचानक बिजुलीको तार सर्ट भई आगलागी शुरु भएको थियो।
सो क्रममा उद्योगभित्र रहेको काठ फर्निचर घर, घर भित्र बनाई राखेको पलङ, खाट, टेबल, कुर्सी तथा फर्निचर तयार गर्न राखिएको काठ र मेसिन जलेर नष्ट भएको हो। सो आगलागीबाट रेवी ठाकुरको ५० लाखको क्षति भएको हो।
सोही आगो छेउमा रहेको राजकुमार ठाकुरको फर्निचर उद्योगमा सल्किँदा २ लाखको क्षति भएको हो। राजकुमारको उद्योगमा राखिएको पलङ, टेबल, कुर्सी फर्निचरको सामग्री बनाउनको लागी राखेको काठ जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर र इलाका प्रहरी कार्यालय रामगोपालपुरको प्रहरी टोलीले समयमा नै आगो नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए।