भीरमा खसेका खड्काको ८ घण्टापछि उद्धार

भीरमा खसेका खड्काको ८ घण्टापछि उद्धार
सुन्नुहोस्

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका नारायण स्थानको भीरमा खसेका सुमन खड्काको ८ घण्टापछि उद्धार गरिएको छ। भुम्लु गाउँपालिका वडा नम्बर ७ फलाटेका २४ वर्षीय खड्का उक्त स्थानमा घुम्न गएका थिए। 

शनिबार बेथाननचोक नारायणथान  मन्दिर घुम्न जाने क्रममा महाभारत जगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा भीरबाट लडेका थिए। उनको आज बिहान ६ बजे उद्धार गरिएको इलाका प्रहरी कार्यलय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए ।

घाइतेको उद्धारका लागि उनीसँगै घुम्न गएका साथीले प्रहरीलाई जानकारी दिएपछि  राति १० बजे नै डिएसपी रेशम बोहोराको कमान्डमा २५ जना प्रहरीको टोली खोजी गर्न गएका थिए। पहरामा अड्किरहेको अवस्थामा घाइतेलाइ भेटिएको डिएसपी बोहराले बताए । भीरबाट खसेका खड्का रातभर खोजीपछि बिहान बेहोश अवस्थामा शरीरभरि चोट नै चोट भइ पहरामा अड्किरहेको ठाउँमा भेटिएका हुन्। उनको तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाइएको  छ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.