वीरगन्जमा नाला सफा गर्ने क्रममा १०५ थान गोली भेटियो

वीरगन्जमा नाला सफा गर्ने क्रममा १०५ थान गोली भेटियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित  नाला सफाइ गर्ने क्रममा आइतबार बिहान ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।  महानगरपालिकाका कर्मचारीहरूले नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो । 

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कूल १०५ थान गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । 

फेला परेकोमध्ये ४ वटा गोली  बिग्रेको अवस्थामा भेटिएको पनि उनले जानकारी दिए । 

उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।  नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।

 गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक शाह आफै भेटिएको स्थानमा पुगेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.