५ स्थानीय तहको बेरुजु १८ करोड बढी

५ स्थानीय तहको बेरुजु १८ करोड बढी
सुन्नुहोस्

जोमसोम : मुस्ताङको पाँच स्थानीय तहको कुल बेरुजु १८ करोड ७६ लाख २८ रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम वार्षिक प्रतिवेदन २०७९ मा मुस्ताङका पाँच स्थानीय तहको बेरुजु ४७ प्रतिशतले वृद्धि हुँदा उक्त बेरुजु कायम भएको हो।

आर्थिक वर्ष २०७७/०७८ सम्ममा मुस्ताङका पाँच स्थानीय तहको बेरुजु कुल बेरुजु १२ करोड ७७ लाख ५४ हजार रहेकोमा पछिल्लो अध्यावधिक लेखा परीक्षणबाट आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ५ करोड ९८ लाख ७४ हजार थपिएको हो। यो अघिल्लो वर्षसम्मको बेरुजुमा झन्डै दोब्बरले वृद्धि 
हुन पुगेको हो।

मुस्ताङको घरपझोङ गाउँपालिकाको बेरुजु आ.व. २०७७/०७८ सम्ममा ५ करोड ७५ लाख रहेकोमा चालू वर्ष २ करोड ९६ लाख ६७ हजार बेरुजु थपिँदा ७ करोड ५२ लाख ५५ हजार बेरुजु फस्र्योट हुन बाँकी रहेको छ। घरपझोङले अघिल्लो बेरुजुमा ४६ लाख ८७ हजार फस्र्योट गरेको थियो। थासाङ गाउँपालिकाको बेरुजु ३ करोड ७१ लाख ३९ हजार पुगेको छ। थासाङको अघिल्लो आवसम्मको बेरुजु २ करोड ८८ लाख २८ हजार रहेकोमा पछिल्लो अध्यावधिक बेरुजु १ करोड ५७ लाख २७ हजार वृद्धि भएको हो। थासाङले अघिल्लो बेरुजुमा ७४ लाख १६ हजार फस्र्योट गरेको छ।

वारागुरु मुक्ति क्षेत्र गाउँपालिकाको अघिल्लो वर्षसम्मको ३ करोड ९२ लाख ४६ हजार रहेकोमा पछिल्लो आवको बेरुजु १ करोड २५ लाख ७१ हजार थपिँदा कुल ५ करोड १८ लाख १७ हजार बेरुजु पुगेको मलेपको अध्यावधिक लेखा परीक्षणमा उल्लेख छ।

यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको बेरुजु २७ लाख ११ हजार रहेको पाइएको छ। लोमान्थाङको अघिल्लो बेरुजु ५७ लाख ५१ हजार रहेकोमा ४० लाख १२ हजार बेरुजु फस्र्योट गरेको थियो। जसमा अघिल्लो बेरुजु १७ लाख ३९ हजारमा पछिल्लो बेरुजु ९ लाख ७२ हजार थपिँदा २७ लाख ११ हजार बेरुजु पुगेको हो।

उपल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु पनि बढेको छ। लोघेकरको अघिल्लो बेरुजु जम्मा ३६ लाख ५१ हजार रहेकोमा पछिल्लो बेरुजु १ करोड ७० लाख ३२ हजार बढेको हो। योसँगै लोघेकर दामोदरकुण्डको कुल अध्यावधिक बेरुजु २ करोड ७ लाख ६ हजार पुगेको छ।

पछिल्लो महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक बेरुजु सूचीमा घरपझोङ, थासाङ, वारागुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको बेरुजु रकम बढेको देखिन्छ। आर्थिक वर्षसम्मको बेरुजुमा घरपझोङको २ करोड ९६ लाख, थासाङको १ करोड ६७ लाख, वारागुङको १ करोड २५ लाख र लोघेकरको १ करोड ७० लाख बेरुजु वृद्धि भएको छ। तर, मुस्ताङको पाँच स्थानीय तहमध्ये चार स्थानीय तहको बेरुजु बढे पनि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको बेरुजु ५० प्रतिशतले घटाएको छ। लोमान्थाङको पछिल्लो बेरुजु जम्मा ९ लाख ७२ हजार मात्र छ। लोमान्थाङले अघिल्लो बेरुजुमा झन्डै ८० प्रतिशत बेरुजु फस्र्योट गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.