मेडिकल विश्ववविद्यालयको माग गर्दै आम हड्ताल

मेडिकल विश्ववविद्यालयको माग गर्दै आम हड्ताल

धनगढी : कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय घोषणा हुनुपर्ने माग गर्दै आज सुदूरपश्चिममा आम हडताल गरिएको छ। 

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिको आव्हानमा आज सुदूरपश्चिममा ८८ वटा तहहरूमा आम हड्तालको घोषणा गरिएको हो।

आम हडतालका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। आम हड्तालको बढी प्रभाव कैलाली र कञ्चनपुरमा परेको छ। 

कैलालीबाट चल्ने सार्वजनिक सवारी साधनका कम्पनीहरूले यस आन्दोलनमा आफै विज्ञप्ति निकालेर समर्थन गरेपछि संघीय राजधानी, सुदूरपश्चिमका पहाडी जिल्ला र देशको पूर्वी क्षेत्रमा जाने यातायात चल्न सकेको छैन। 

दार्चुला, कैलाली र कञ्चनपुरका शैक्षिक संस्थाहरूले पनि गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने भन्दै आम हडताललाई समर्थन गरेर विद्यालय कलेजहरू बन्द गरेका छन्। प्रदेशको राजधानी धनगढी बजार, प्रस्तावित स्थायी राजधानी भएको अत्तरिया क्षेत्र, कञ्चनपुरको महेन्द्रनगर लगायतका क्षेत्र बन्द छन्। 

गेटामा मेडिकल कलेजका लागि ५९ वटा संरचना बनिसकेका छन्। खानेपानी, फोहरमैला व्यवस्थापन र विद्युतको सवस्टेशनको काम २०८० को माघ भित्रै सक्ने गरी ठेक्का भएका छन्। 

६ सय शय्याको अस्पताल सञ्चालन गर्न संरचना बनिसकेका छन् भने एमबीबीएसको पढाइका लागि कलेज भवनको निर्माण पनि सम्पन्न भइसकेको छ। तर सरकारले पटक/पटक फरक/फरक निर्णय गरेर यसलाई सञ्चालन गर्नमा भने अल्झाइरहेको स्थानीयको आरोप छ। 

यसअघिको व्यवस्थापिका संसदमा चित्रलेखा यादवको संयोजकत्वमा रहेको संसदीय समितिले गेटामा मेडिकल विश्वविद्यालयका लागि पूर्वाधार पर्याप्त भएको भन्दै प्रतिवेदन बुझाएपछि यस संरचनामा मेडिकल विश्वविद्यालय सञ्चालन हुनसक्ने आधार तय भएको हो। त्यस समितिको प्रतिवेदन पछि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गेटा मेडिकल कलेजका पूर्वाधार निर्माणस्थलको अवलोकन गरेका थिए। 

त्यसपछि दाहालले २०७९ सालको माघ २९ गते गेटाका पूर्वाधारमा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सकिने भन्दै मन्त्रिपरिषदबाट निर्णय नै गराए।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा गेटामा मेडिकल विश्ववविद्यालय बन्ने, यसै वर्षदेखि अस्पताल सञ्चालन गरिने र विश्वविद्यालयको विधेयक पास हुने कुरा प्रस्तुत भएपछि यस क्षेत्रका नागरिक उत्साहित भएका थिए। 

तर नीति तथा कार्यक्रमको ९ दिन पछि गेटामा मेडिकल विश्वविद्यालय बन्ने कुरा परिवर्तन भयो। जेठ १५ गते अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने र त्यसका लागि एक सय शय्याको अस्पताल सञ्चालन गरिने कुरा आएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.