राप्रपाद्वारा प्रदेश सभा बहिष्कार

राप्रपाद्वारा प्रदेश सभा बहिष्कार
सुन्नुहोस्

धनगढी : गेटामा मेडिकल विश्व विद्यालयको माग गर्दै जनता चर्को घाममा आन्दोलन गरिरहेका बेला सदन चलाएको भन्दै राप्रपाले सदन बहिष्कार गरेको छ। राप्रपाले जनता आन्दोलनमा रहेका बेला संसद स्थगित गर्न पनि माग गरिन्।

आइतबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सदनमा छलफलको कार्यसूची थियो। सदन चल्ने वित्तिकै राप्रपाकी सांसद खिमा देजी विष्टले मेडिक विश्वविद्यालयको माग गर्दै आम हडतालमा उत्रिएका जनताको आन्दोलनलाई समर्थन गर्न सदन स्थगित गर्न माग गरिन। 

‘जनता चर्को घाममा आन्दोलनमा उत्रिएका छन्, उनीहरूको माग जायज छ। प्रदेश सभाले पनि उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउनु पर्छ। त्यसैले सदन स्थगित गरौं, राप्रपा भने आइतबारको संसद बहिस्कार गर्दछ’, प्रदेश सभा सदस्य विष्टले भनिन्। 

यस्तै नेकपा एमालेले पनि सदनमा प्रदेश सरकारको धारणा माग गरेको छ। नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विषयमा प्रदेश सरकारको स्पष्ट धारणा माग गरेका हुन। 

प्रदेश सभा बैठकमा उनले अहिले सम्म पनि सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै तत्काल यस विषयमा प्रस्ट पार्न आग्रह गरे।

‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भने, ‘हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ तर अहिलेसम्म केही आएको छैन। सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस्।’

‘१०० शय्याको अस्पताल बनाउने हो ? वा त्यसलाई विश्वविद्यालय बनाउने हो ? त्यसमा सरकारको धारणा आउनु पर्छ’ उनले भने। नीति तथा कार्यक्रममा सरकारले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उल्लेख भएपनि बजेट भाषणमा भने १०० शैयाको मेडिकल कलेज सञ्चालन गरिने कुरा आएपछि स्थानीयले आन्दोलन सुरु गरेका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.