केयुमा एक हजार २४० विद्यार्थी दीक्षित
काभ्रे : काठमाडौं विश्वविद्यालयको आइतबार २८ औँ दीक्षान्त समारोहमा १ हजार दुई सय ४० जना विद्यार्थीहरू दीक्षित भएका छन्।
आइतबार केयुमा भएको दीक्षित कार्यक्रममा ९ जना पीएचडीसहित विभिन्न देशका ७३ विदेशी विद्यार्थी समेत दीक्षित भएका छन्।
दोस्रो चरणको दीक्षान्त समारोहमा पीएचडी, एमफिल, स्नातकोत्तर तथा स्नातक तहका विभिन्न उपाधिहरू लिन सफल भएका विद्यार्थीहरू प्रदान गरिएको छ।
विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ र स्नातक तहका १ हजार ९२ जनासहित कुल जम्मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
आज दीक्षान्तमा आर्टस्का ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३ सय ६५ जना, ल को १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५ सय ६५ जना र साइन्सका १ सय ६७ दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।