जोमसोम बसपार्क पालिकालाई हस्तान्तरण

जोमसोम बसपार्क पालिकालाई हस्तान्तरण

जोमसोम : मुस्ताङ सदरमुकाम जोमसोममा नवनिर्मित बसपार्क पालिकालाई हस्तान्तरण गरिएको छ। 

सघन सहरी विकास तथा भवन डिभिजन आयोजना कार्यालय बाग्लुङले बसपार्क घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो। २ करोड ५१ लाखको लागतमा बसपार्क निर्माण गरिएको हो। बसपार्कको २०७३ सालमा निर्माण सुरु गरिएको थियो। 

५० वटाभन्दा बढी सवारी साधन अटाउन सक्ने क्षमता छ। अहिले जोमसोम बसपार्कको रनवे ग्राभेल भइसकेको छ।

संघीय सरकारले निर्माण गरेका पूर्वाधार विकासहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने क्रममा कार्यालयले घरपझोङलाई बसपार्क हस्तान्तरण गरिएको कार्यालयका इन्जिनियर योगेन्द्र बस्ताकोटीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.