ज्येष्ठ नागरिकलाई पंखा र झुल वितरण

ज्येष्ठ नागरिकलाई पंखा र झुल वितरण
सुन्नुहोस्

महोत्तरी :  मटिहानी नगरपालिकाले नगरभरिका ज्येष्ठ नागरिकलाई झुल र पंखा वितरण गरेको छ।

बढ्दै गएको गर्मीको कारण जनजीवन अस्तव्यस्त बन्दै गएपछि आइतबार नगरपालिकाले ८२ वर्ष उमेर पुगेका १४० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले झुल र पंखा वितरण गरिएको हो। 

पछिल्लो समयमा आएर बढ्दो गर्मी र लामखुट्टेबाट उनीहरूको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएपछि जनही १ थानका दरले पंखा र झुल वितरण गरिएको नगर प्रमुख हरिप्रसाद मण्डलले बताए।

यसपटक बजेट अभावको कारण ८२ वर्षभन्दा माथि उमेर समूहलाई सो सामग्री वितरण गरिएको र आगामी वर्षमा नगरभरिका हरेक जेष्ठ नागरिक पंखा र झुल वितरण गरिने लक्ष्य रहेको नगरप्रमुख मण्डलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.